झरी

झरीमा भिज्नु अनि
हात समाई पाइला चाल्नु।
कुम ठोकाई जिस्किनु र
हाँस्दै ठेल्नु, धक्का दिनु।

उही झरी, उही याद,
तर मनको अवसाद।

आज-
फेरी उस्तै झरी परिरहेछ
निरन्तर, अविरल, अविच्छिन्न
झरिरहेछ, झरिरेछ…

आज-
झरी पर्‍यो र भिजेँ
झरी परेर भिजेँ
आज-
थोपा थोपामा
तिम्रो याद तप्किरह्यो।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *