जसै उघ्रन्छ झ्याल

घरक्क उघ्रिन्छ झ्याल
र छिर्छ चिसो सिरेटो।
मुसार्छ कान
चिमोट्छ गाला
सुम्सुम्याउँदै कुम, गर्दन र पाखुराहरुमा
खुसुक्क घुस्रिन्छ बिछ्यौनामा।

म सम्झन खोज्छु-
कुनैबेलाको तिम्रो उपस्थिति
त्यो पल,त्यो सामिप्यता
र त्यो काउकुती।

आज
धेरैपछि तिम्रो याद
लाडिएर कुत्कुत्याइरहेछ
मनभरी…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *