जीवन चलिरहेछ..

कहाँ हराए
जिन्दगीमा रङ्ग भर्न आएकाहरु ?
कहाँ हराए
तिम्रो जिन्दगीको एउटा हिस्सा
मसँगै छ- मैभित्र छ भन्नेहरु ?

कहाँ हराए
आँखाको आँशु
अनि आँशुको मूल्य बताएर नथाक्नेहरु?

हराउने नै रहेछन् आशाहरु
हराउने नै रहेछन् सपनाहरु
दबिएरै जाने रहेछन् इतिहासहरु
इतिहासकै गर्तमा।

जीवन जो चलेकै थियो
चलि नै रहेछ…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *