जरुरत

जरुरी छैन
हरेक दिन सुन्दर हुन्छ
हरेक क्षण सानदार हुन्छ ।

जरुरी छैन
हरेक बिहान गालामा ठोकिन्छ आइपुग्छ
एउटा कलिलो घाम।

बरु कहिलेकाहीँ
ठिहीले जिस्काउँछ चिमोट्दै
दुखले गलाउँछ धकेल्दै
र आँशुले पखाल्छ मनको पिर।

बस्
जरुरी छ त केवल जीवन जरुरी छ
श्वास फेर्न जरुरी छ
श्वास फेरिरहन जरुरी छ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *