बदलाव जरूरी’थ्यो

धेरै कुरा फरक थियो,
बदलाव जरुरी थ्यो।
साथ रहन गाह्रो थियो,
टकराव जरुरी थ्यो।

ढलपल ढलपल
पलपल चल्थ्यो
थिर थिएन केही पनि।
सम्बन्ध थ्यो-
नाम मात्रैको
गम्भिर थे’न कोही पनि।

दोसाँधमा कति बस्ने?
चुनाव जरुरी थ्यो।
धेरै कुरा फरक थियो,
बदलाव जरुरी थ्यो।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *