वस्तुत: सत्य एउटै हुन्छ-
घाम एउटा हुन्छ
जून एउटा हुन्छ
विशाल छ आकाश
तर फैलिएको एउटै हुन्छ।
भन्छौ नि लाखौँ छन्
तिम्रा ईश्वर-
तर
अनन्तमा एउटै हुन्छ।
छानिँदा छानिँदै
निख्रिँदा निख्रिँदै
जुन अन्त्य बँच्छ
प्रेमको-मोहको
यात्राको-जीवनको
सत्य केवल त्यही हुन्छ।
केवल ब्रह्म-सत्य हुन्छ..