बा हुन
कहाँ सजिलो होला र?
लुकाएर राख्न मनभित्रको प्रेम
दबाएर राख्न
रहरका असिम खातहरु
घुटुक्क निलेर दुखको आँशु
मुसुक्क मुस्कुराउन ओठ।
रिसभित्रको ममता
गालीभित्रको प्रेम
शालीनताको मिहीन आकृति
लुकाएर अनुहारको कठोरतामा।
बा हुनु
ईश्वर हुन जत्तिकै गाह्रो छ।