पूर्वाभास

जब म
कतै नभएको बेला
कतै भएको आभास हुनेछ
कतै नजिकै भएको आभास हुनेछ।

सुन्नु बिस्तारै
झ्यालबाट सुस्तरी घुस्रिरहेको
पातलो हावालाई
त्यहाँ केही सन्देश हुनसक्छ मेरो।

अथवा
महसुस गर्नु
मैले फेरेको श्वासको गति
या
मेरो मुटुको ढुकढुकीलाई
र लुकाइदिनु आफ्नो छातीमा।

जब म
कतै नभएको बेला..

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *