पानीढलो

तिमी प्रेममा बन्धन खोज्थ्यौ
म चाहन्थेँ-उन्मुक्तता।

फरक छ
जम्नु र फैलिनुमा।
फरक छ
रुख हुनु र आकासिनुमा।

म चाहन्थेँ एउटा उडान
बतासको लयमा
निर्बाध..

जब
चुपचाप बसेका
ढुकुरका जोडीलाई हेर्दै
तिमीले कसम खाएकी थियौ- नछुट्टिने।

हो
ठ्याक्कै त्यही विन्दु थियो
हाम्रो प्रेमको पानीढलो।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *