झिँगा परेको सम्बन्ध

उम्लिँदा उम्लिँदैको
चियाजस्तै
थियो सम्बन्ध।

तातो- बाफिलो- तरोताजा…

गफै गफमा
समय यसरी घर्कियो कि!
चि~सो भएको पनि
थाहै भएन!

आजकल
सम्बन्ध सेलाएर
छाली परेको छ

जमेको छ कट्कटिएर
मनको छेउछाउ
कुनाकानी!

झिँगा पसेको चियाजस्तै
रहलपहल प्रेम-
पिउन सकौँला र?

मलाई त शङ्कै लाग्छ!

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *