बेलुन

आकाशै छिचोल्छु भनेर
रुमानी उडान
उडेथ्यो बेलुन।
जाँदाजाँदै
बाटैमा हावा खुस्कियो
र फुसुस्स ओइलाएर फर्कियो जमीनमा।

यता
संसार छिचोल्न रफ्तार लिएकाहरु हेरेँ
र मुसुक्क मुस्कुराएँ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *