मन त यस्तै हो!

मन त लाग्छ नि!
भागेर जाउँ कतै
यो समाजभन्दा पर।
पुग्न सकुँ यति टाढा कि
छेउछाउ नरहुन् विरोधीहरु।

मन त लाग्छ नै
पाइयोस् सोचेजति कुराहरु
र फेरिरहुँ
शान्तिको लामो सास।

मन लागेर मात्रै हुन्छ र?
छोड्देऊ!
दुनियाँमा चाहेजति सबै
कसले पो पाएको छ र?

मन त यस्तै हो
जे पनि सोच्दिन्छ!

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *