उन्मत्त विचारहरु लाड पसारिरहेछन् मस्तिष्कमा

उन्मत्त विचारहरु लाड पसारिरहेछन् मस्तिष्कमा । सोचको धूमिल परिदृश्य अस्पष्ट झैँ दिमागी पर्दाहरुमा झिर्मिर झिर्मिर किर्मिर किर्मिर झर्झराउँदै नाचिरहेछन् उन्मत्त विचारहरु लाड पसारिरहेछन् मस्तिष्कमा । एक हुल रङ्गीन सपनाहरु आए मल्टीकलरमा चल्मलाए उफ्रिए, गाए नाचे, कराए अनि छेक न छन्दको बाँध न बन्धको कोकोहोलो मच्चाए हराए । मानौँ कुनै श्यामश्वेत चलचित्रझैँ बिना रङ्ग बिना ढङ्ग… […]

जब कोही करिब हुन्छ

नबोलेनी थाहा हुन्छ मनको बोली मनैमनमा। नहेरेनी आँखाहरु चल्मलाउँछन् समर्पणमा। जब कोही नजिक हुन्छ जब कोही करिब हुन्छ… @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

उनको मिसकल आयो

आज- अचानक उनको याद आयो यादसँगै एउटा प्यास आयो अतित आयो प्यास आयो मिठास आयो मिठासमा एक झंकार आयो कुत्कुत्यायो र अङ्ग अङ्ग सल्बलायो सर्सरायो… झंकारमा एउटा स्नेह आयो स्नेहमा मुटु आयो त्यही मुटु घाउ परेर खाटा बस्न बाँकी मुटु आयो पुरानो, अमेट अनि लथालिङ्ग उही बाटो उही गल्ली उही बिगत अनि उही सुन्दर- असुन्दर […]

यादले सताए

कुनै दिन मेरो यादले सताए खुसुक्क हेर्नु मेरा कविताहरु मैले त्यतै लेखिदिएको छु तिमीसँगको दोहोरो संवाद। हरेक दिनको दैनिकी हर-एक अक्षरहरुमा… @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

घाम उदाउँदैछ

रात- रात मात्रै रहँदैन त आखिर! उज्यालो पनि हुन्छ दिन पनि हुन्छ। पर्ख~ धैर्य राख केही समय भोर हुदैछ घाम उदाउँदैछ.. @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

मौन आवाज

मनमा हुन्छ तर बोल्न सकिन्न मानौँ भाव सिद्धिएर केवल निस्किन्छ एक पातलो फुस्फुसाहट। मौन र शब्दका बिच हुन्छ एउटा पातलो रेखा जसलाई बुझ्न मन चाहिन्छ र चाहिन्छ मन हेर्ने मनको आँखा। तिमी सोध्थ्यौ नि! म तिमीमा के चाहन्छु भनेर भन त! के तिमी सुन्दैछौ मेरो मनभित्रका अँटेसमटेस शब्दहरु? @ विस्मय ! 0 Facebook 0 Twitter […]

भनेर हुने भए..

आकाशको जून टिपी सिउँदोमाथी भरिदिन्थेँ। असम्भव र कठीन सबै वाचा पूरा गरिदिन्थेँ। लैजान्थेँ म धेरै टाढा बसाएर नयाँ गाउँ। रच्थेँ बेग्लै सृष्टि अनि राख्थेँ तिम्रो नाउँ। संसारका सारा खुसी थुपारेर पोल्टाभरी। निदाउँथे त्यो आँखाभित्र छचल्किन्थेँ आँशुसरी। भनेर हुने भए.. @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

मुस्कुराउन सकियोस्

झगडै परेर छुट्टिँदा पनि यति बाटो खुला राख्नु ताकी जम्काभेट हुँदा कतै दोबाटोमा मुस्कुराउन सकियोस्। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

गन्तव्य

नसोध्नु कसैलाई उसको प्रेमको मूल्य। बरु चिहाउनु मनको गहिराईमा जहाँ लुकेको हुनसक्छ लाखौँ हजारौँ प्रेमका चाहनाहरु। नसोध्नु कसैलाई उसको प्रेमको गन्तव्य। बरु बिस्तारै समाउनु हात न्यानो स्पर्शले समाउनु औँलाहरु र देखाइदिनु बाटो… जहाँबाट सुरु भएर पुग्न सकियोस् सपनाको दुनियाँ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

कहिलेकाहीँ जरुरी छ

जरुरी छ कहिलेकाहीँ आफ्नै गल्तीहरुलाई माफी दिन। कहिलेकाहीँ जरुरी छ आफैँलाई सुधार्न गाली गर्न,हपार्न। कहिलेकाहीँ दोमन हुन्छ मनको मन नै बेमन हुन्छ। जरुरी छ थुम्थुमाउन फकाउन र फुल्याउन। कहिलेकाहीँ हिँड्दा हिँड्दै जीवनका गल्लीहरुमा- विश्राम पनि जरुरी छ। कहिलेकाहीँ जरुरी छ.. @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp