मौन आवाज

मनमा हुन्छ
तर बोल्न सकिन्न
मानौँ
भाव सिद्धिएर
केवल निस्किन्छ
एक पातलो फुस्फुसाहट।

मौन र शब्दका बिच
हुन्छ एउटा पातलो रेखा
जसलाई बुझ्न मन चाहिन्छ
र चाहिन्छ
मन हेर्ने मनको आँखा।

तिमी सोध्थ्यौ नि!
म तिमीमा के चाहन्छु भनेर
भन त!
के तिमी सुन्दैछौ
मेरो मनभित्रका
अँटेसमटेस शब्दहरु?

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *