गन्तव्य

नसोध्नु कसैलाई
उसको प्रेमको मूल्य।
बरु चिहाउनु मनको गहिराईमा
जहाँ लुकेको हुनसक्छ
लाखौँ हजारौँ प्रेमका चाहनाहरु।

नसोध्नु कसैलाई
उसको प्रेमको गन्तव्य।
बरु
बिस्तारै समाउनु हात
न्यानो स्पर्शले समाउनु औँलाहरु
र देखाइदिनु बाटो…

जहाँबाट सुरु भएर
पुग्न सकियोस् सपनाको दुनियाँ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *