शहर अनन्त दु:खहरुको पुञ्ज हो..

शहर
अनन्त दु:खहरुको पुञ्ज हो..

पत्यार लागेन?
उसो भए ध्यान दिएर हेर-

बिहान
चिया पसलमा
चुस्किसँगै निस्किरहेका
देश छाड्ने वेदनाहरु।

दिउँसो
सडकमा घस्रिरहेका
संवेदनाहीन पाइलाहरुको पदचाप।

साँझ
भट्टीमा दारुले भिजिरहेका
सुख्खा ओठ।

र रात
गलेको संवेदना र
अनिद्राले छटपटाइरहेको शरीर।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *