एक्लो…

लमतन्न बाटो
चुपचाप चौक
सुस्तरी बामे सरिरहेका गाडीहरु
शान्त पाइला
शान्त पल..

एउटा झरी हुनेगर्थ्यो
उल्लासी,उन्मत्त र उत्तेजक।

हिँड्नेगर्थ्यो एउटा जोडी
चुपचाप
कुम ठोक्काउँदै
सडकको ओल्लो कुनो
पल्लो कुनो
मौन स्पर्श
मौन मुस्कान
मौन संवाद..

र अहिले
यो झरी छ
नितान्त एक्लो
एक्लो..

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *