तब तिमीलाई सम्झन्छु
जब- कुनै पुरानो किताबको भित्री पानामा एउटा सुकेको फूल भेट्छु तब तिमीलाई सम्झिन्छु। जब- दराजको खचाखच कुनामा कतै पाउँछु खुज्मुजिएको पुरानो मफलर तब तिमीलाई सम्झिन्छु। जब- खोतल्छु मनको आल्मारी र टक्टकाउँछु धुलो जमेका यादहरुलाई सम्झन्छु एउटा धुमिल इतिहास हेर्छु मनको ऐना तब तिमीलाई सम्झन्छु। 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]