फर्कन मन छ

फर्कन मन छ
बिगतको कुनै कालखण्डमा
अनि
हेर्न मन छ आफ्नै जीवनको नखरा।

आरोह अवरोह
बाटो मोडिएका गल्लीहरु
ठेस लागेका भिरालाहरु
जहाँ
सुस्ताउन मन छ
अनिँदै बिताएका रातहरुमा
बिस्तारै
सुम्सुम्याउँदै प्रियसीको कपाल।

फर्कन मन छ
अतितको कुनै बेमौसमी दिनमा
जहाँ
जब थाकेर सुस्ताएको थिएँ
घुमाउरा गल्लीहरुमा


अनि सोध्न मन छ
एकपटक आफ्नै जीवनलाई-

~मेरो समय !
तँ सञ्चै छस् ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *