जब-
कुनै पुरानो किताबको
भित्री पानामा
एउटा सुकेको फूल भेट्छु
तब
तिमीलाई सम्झिन्छु।
जब-
दराजको खचाखच कुनामा कतै
पाउँछु खुज्मुजिएको पुरानो मफलर
तब
तिमीलाई सम्झिन्छु।
जब-
खोतल्छु मनको आल्मारी
र टक्टकाउँछु धुलो जमेका यादहरुलाई
सम्झन्छु एउटा धुमिल इतिहास
हेर्छु मनको ऐना
तब
तिमीलाई सम्झन्छु।