खण्डहरबाट

लगाऊँ भाग देशको फुटाऊँ लाखौँ टुक्रामा। सबैलाई पुग्ने,सबैलाई मिल्ने सबैलाई हुने, सबैलाई अँटाउने। साना मसिना गाउँ, टोल र बस्तीहरुमा छुट्ट्याइदिऊँ एक एक भाग। सोच्छु- यो देशका टुक्रिएका लाखौँ टुक्राहरुबाट बाँड्नुपरे मेरो भागमा कति खण्डहर पर्छ होला?   (फोटो श्रोत- Nepal Tourism Board) 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

विजय मल्लको कविता- छोरीलाई मानचित्र पढाउँदा

रातो रगतले कोरिएको साँध छ खेतमा डिल लाएझैँ हरे, हरेक राष्ट्रका फाँटमा! यो हो भारत, यो हो पाकिस्तान हिन्दू-मुसलमानको रगतले मुछिएको यही हो रेखा महान्! यो जर्मनी, यो इङ्गल्यान्ड यो रुस, यो जापान । अणुबमले खाएको, हेर नागासाकी, हिरोसिमा! हिटलरको भूतले सताएको यही हो युरोप कङ्काल, यही हो अमेरिका, डलरको देश- ‘अणुबम’ को निर्माता शान्तिको […]

समय

घाम उदाउँछ र अस्ताउँछ दिन हुन्छ र रात पर्छ। टिकटिक.. टिकटिक.. घडी चलिरहन्छ टिकटिक.. टिकटिक.. घडी सरिरहन्छ। समय न हो! बितेर जान्छ दिन, महिना, वर्षमा टुक्रिन्छ- बाँडिन्छ घट्छ अनि सकिन्छ। अनादि देखि अनन्तसम्म को छ चलाउने? कसले भन्न सक्छ! देखेको पो कसले छ र? रङ्ग, रुप उचाइ, आवरण कसलाई थाहा छ र? के थाहा! समय […]

मन त थियो

मन त थियो- तिमीसँगै बसेर कविता पढुँ। देवकोटा पढुँ भूपी पढुँ नेरुदा पढुँ र पढुँ अज्ञेय, टैगोर र दिनकरहरुलाई। पढुँ-भागवतका श्लोकहरु र चेखबका कथाहरु। चर्चा गरौँ वेदान्तका र कोट्याउँ मार्क्सका व्यथाहरु। मन त थियो नि… तर हेर न! परिबन्धले बेरिएको, समय थोरै फेरिएको। कुनै दिन त आउला प्यारी अहिलेलाई धैर्य राख! म यतिबेला फ्रान्सेली राज्यक्रान्ति […]

भूपी बराबर कोही छैन

मैले कविता लेख्न सिकेकै भूपीबाट हो। उनैले मलाई शब्द दिए, अक्षर‌ दिए, अक्षरहरुको जोड-घटाउ सिकाए, त्यसको लय सिकाए, सुर-ताल सिकाए र सिकाए विम्ब प्रतिकहरुको मिठास। यसो यसो खोस्रिए यसरी यसरी डोर बन्छ है केटा! भन्दै कविताको गोरेटो कोर्न सिकाए… भूपीले मलाई धेरै सिकाए। लगभग सबै नै सिकाए। म जन्मनुभन्दा धेरै नै वर्ष पहिले संसारबाट बिदा […]

भन साथी- के सुन्न चाहन्छौ?

धेरै कथाहरु छन् सुनाउनै बाँकी छन्। भत्काएर नियमका पर्खालहरु लगाउनुछ अब स्वतन्त्रताको नारा। वर्षौँ पुरानो थकान रित्याउनुछ अब। थन्किएका पुराना ठेलीहरुझैँ धुलो जमेका छन् मनका तख्ताहरुमा पुछ्नुछ- टक्टकाउनुछ। जे सोध्छौ त्यही छ जे सोच्छौ त्यही छ.. भन साथी- के सुन्न चाहन्छौ? (तस्विर साभार- लैनसिंह वाङ्देलको Self Potrait) 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger […]

सन्तुलन

कुनै चिज सन्तुलित रहन कति धेरै सन्तुलन आवश्यक छ? जस्तो- हावा पानी मौसम ऋतु या भन्नुस् प्रकृतिका चराचर तत्वहरु। प्रेम रिस आवेग सान्त्वना अनि मनका तमाम उत्ताल अनुभूतिहरु। या पाइला पाइलामा साथ घस्रिरहेको मृत्युको छायाँ.. जीवनको सन्तुलनभन्दा कठीन सन्तुलन अर्को के छ र संसारमा?   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]

जिजीविषा

चरम निराशाले गाँजेको बेला म घुम्न निस्किन्छु वर्षौँ पहिला भोकै हिँडेका गल्लीहरुमा। सोच्छु- घनघोर विपतमा पनि कसरी सहज थियो जीवनको गति? कसरी चल्थ्यो दैनिक गुजारा? कसरी भरिन्थ्यो पेट? फेरि सोच्छु- जीवन- जीवनजस्तै थियो सायद या त थियो सपनाको रुमानी उडान। अथवा थियो जीवनप्रतिको जिजीविषा।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]

महाकविको कविता- शून्यमा शून्य सरी

संसार रुपी सुख स्वर्गभित्र, रमें रमाएँ लिइ भित्र चित्र। सारा भयो त्यो मरुभूमि तुल्य, रातै परे झैं अब बुझ्छु बल्ल।   रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान। आखिर रहेछ श्रीकृष्ण एक, न भक्ति भो, ज्ञान, नभो विवेक।   महामरुमा कण झैं म तातो, जलेर मर्दो बिन आश लाटो। सुकी रहेको तरु झैं […]

गुमनाम देशबाट

के यो देश गुमनाम छैन र? जहाँ पाइलैपिच्छे अस्तित्वको रक्षाका लागि अस्तित्व लुटाउनुपर्छ। जहाँ पाइलैपिच्छे याद गर्न यादहरुलाई नै भुलाउनुपर्छ। जहाँ एउटा घाउको पिडा बिर्सिन अर्को चोट सहनुपर्छ। जहाँ बाँच्न मात्रै पलपल मरिरहनुपर्छ। जहाँ जीवनको हिसाब खोज्ने गणित छैन। जहाँ आफ्नो परिचय भेट्टाउन देशको परिचय बिर्सिदिनुपर्छ। जहाँ मान्छेमा आत्मा छैन, केवल शरीर छ त्यस्तो देह- […]