नहेरेरै पनि
बुझिन्छ कसैको नियत।
नभेटेरै पनि
जानिन्छ मनभित्रको भावना।
नसोचेरै पनि
कोही बाँचिरहन्छ सम्झनामा।
संसारमा धेरै कुरा छन्
जो अद्मूत छन्।
जस्तो-
मन पराउनु-मन दिनु
घृणा गर्नु-रिसाउनु…
विचार गर त!
कसरी
हजार अनुहारहरुको
भिडमा पनि
प्रष्ट छुट्टिन्छन्
आफूलाई खोजिरहेका आँखाहरु!