अचानक घट्ने गर्छन्
जिन्दगीमा अक्सर घटनाहरु।
जस्तो
अचानक हुन्छ प्रेम
अचानक जोडिन्छ सम्बन्ध
अचानक बाँधिन्छन् अनेक वाचाहरु
अनि
अचानकै टुट्ने गर्छ मन।
हिँड्नु, डुल्नु
भेट्नु, छुट्नु,
अनि मर्नु र बाँच्नु।
यति बुझ~
सोच र हेर।
जीवन त फगत
आकस्मिकताहरुको संयोग मात्रै हो।