तिमी लजाउँदै आउँथ्यौ
म लजाउँदै हेर्थेँ ।
तिमी लजाउँदै बस्थ्यौ
म लजाउँदै सर्थेँ ।
लजाउँदै बोल्थ्यौँ अनि
लजाउँदै हाँस्थ्यौँ ।
लाजै लाजमा घण्टौँ घण्टा
मनको कुरा खोल्थ्यौँ ।
पहिलो पहिलो प्रेम त्यो
पहिलो पहिलो भेट थ्यो ।
लजाएरै भेट्थ्यौँ अनि
लजाएरै छुट्थ्यौँ ।