ज्योतिष !

घरैअगाडी चोकमा
भर्खरै एउटा दुर्घटना भयो।
छिमेकीमा झगडा भएछ क्यार
प्रहरीको भ्यान आएर गयो।
हिँजैमात्र
म सुतेको कोठाबाट
चोरले घडी उठाएछ।

मलाई मेरै आसपासका
घटनाहरुसमेत राम्ररी आभास हुन्न
डर हुन्न
मतलब हुन्न।
ज्योतिष!
अझै तिमी मलाई
अनन्त आकाशमा चुपचाप बसेका
ताराहरुको डर देखाउँछौ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *