बेला बेला सोच्छु
समयको पनि समय हुँदो हो!
एक रुप
एक चित्र
एक आकृति..
कतैबाट आएर
जाँदै गरेको-
कता जाँदो हो है साँची?
यात्री हो कि यात्रा हो?
सास फेर्छ या निस्प्राण छ?
स्थिर छ या गतिमान्?
बेला बेला सोच्छु
अनन्तको पल्लो पाटो
के होला है त्यहाँ?
जहाँ सायद
समयको पनि मृत्यु हुँदो हो।