मन्द मन्द मुस्कुराउँदो
हाँसो थियो ओठमा ।
हाँसो भित्र बिचित्रको
पासो थियो ओठमा ।
आह्वान थियो प्रेमालापको
मनभित्रको विलाप थियो ।
जन्म जन्म अतृप्त झैँ
नासो थियो ओठमा ।
व्यग्र थियो, उत्ताउलो
चञ्चल थियो, मस्त थियो ।
कौतुहलता, उन्मुक्तता,
चासो थियो ओठमा ।