समाचार आउँछ-
उसले बलात्कार गर्यो रे!
खबर आउँछ-
उसले छाड्यो रे आफ्नै आमालाई वृद्धाश्रममा।
पत्रिका लेख्छ-
उसले दल्यो रे आफ्नै शिक्षकलाई कालो मोसो।
खबर आइरहन्छ…
म सोध्छु-
त्यो ऊ को थियो?
जवाफ आउँछ-
कोही थियो। मान्छे नै थियो।
सोच्दैछु-
के ‘ऊ’!
मान्छ नै थियो?