धेरै सिक्न बाँकी रैछ
जीवन अझै थाती रैछ ।
हास्न अनि हँसाउन
बाँच्न अनि बँचाउन ।
सिक्नुछ अझै पनि
प्रेम गर्न प्रेमी हुन ।
वेदनामा कसैको
साथ बसी रुन ।
तारा हेर्दै, जून हेर्दै
मग्न हुन हराउन ।
जीवन केवल सिकाइ हो
यात्रा हो र भोगाइ हो ।
धेरै कुरा अज्ञात रैछ
मृत्यु मात्रै शाश्वत रैछ ।