भर

एक थोपो पानी
सडकमा पछारियो
अनि फुट्यो ।

एक थोपो आँसु
गालामा मडारियो
अनि फुट्यो ।

झरी अनि तिम्रा आँसु
कतिबेला झर्छन् र फ‍ुट्छन् !

मलाई
पानी र आँसुको
कुनै भर लाग्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *