त्यत्ती भए पुग्छ

हाँस्न खोज्दा
हाँसोमा हाँसो मिलाइदिनु ।
मन दुख्दा
काँधमा हात राखिदिनु ।

योजना, सपना, चाहना
या जीवनका हजारौँ हजार रहरहरु
भन न !
कसको पो पुरा भएको छ र संसारमा ?

पाइला चाल्दा
एक पाइला सँगै चालिदिए पुग्छ ।
लड्न खोज्दा
बढाइदिए पुग्छ
आफ्ना मायालु हात ।

बस्
त्यत्ती भए पुग्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *