ढोका बन्द नगर्नु !
के थाहा
कोही आइहाल्छ कि ?
अथवा
कोही आएन भने पनि
केही त पक्कै आउनेछ ।
जस्तो-
एक झोँका चिसो सिरेटो
एक सिरेटो मिठो सुवास
एक झुल्को पारिलो घाम
चराको पातलो चिर्बिर
बच्चाहरुको चहलपहल
अथवा
कसैले तिम्रै लागि बोलेको
अन्तिम आवाजको झझल्को…
ढोका खुलै छाडिदिनु
कोही आएन भने पनि
तरङ्ग बनेर त पक्कै आउनेछ
कसैसँगको मिठो सम्झना।
ढोका बन्द नगर्नु !