चुपचाप

चुप-चाप चुप-चाप दिन बित्थ्यो
चुप-चाप आउँथ्यो रात।
चुप-चाप चुप-चाप याद आउँथ्यो
चुप-चाप जीवन साथ।

चुप-चाप चल्थ्यो मनको हुरी
चुप-चाप झर्थ्यो आँशु।
चुप-चाप खाली हुन्थ्यो बोतल
चुप-चाप चढ्थ्यो मात।

चुप-चाप आकाश टिल्पिलाउँथ्यो
चुप-चाप रुन्थे बादल।
चुप-चाप यो मन जस्तै
चुप-चाप वर्षात।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *