बाटो चौक चौतारोमा
सहजता र अप्ठ्यारोमा ।
भिड होस् या एक्लोपनमा
अञ्जानी या जानाजानमा ।
साथ दिने कोही थियो
सर्वस्व नै उही थियो ।
बाटो छुट्यो मोह छुट्यो
बन्धन थियो त्यसै टुट्यो ।
बाटो हेरी टोलाउने
मन रहेन बोलाउने ।
यात्रा थियो मोडियो
छुट्नै थियो- तोडियो ।
जानै दिएँ जानेलाई…
1 Comment