आकाशमा जून उदायो,
शान्त आकाश जग्मगायो ।
शितलताको बहार ल्यायो,
तन-वदन कुत्कुत्यायो ।।
उस्तै रात छ आजपनि,
जस्तो थियो त्यतिबेला ।
उस्तै मनको ऊहापोह,
छट्पटी छ यतिबेला ।।
हेर्दै आकाश मन डरायो,
आँखा भिज्यो- रसायो ।
जसै-
आकाशमा जून उदायो
र शान्त आकाश जग्मगायो ।।