सेलाएको चिया

हुन त
तमाम दुःखहरु छन् संसारमा ।

युद्ध छन्
बिछोड छन्
कुण्ठा छन्
व्याधी छन् ।

कसैको सानो वचनले
चसक्कै दुखेको मुटुको दुखाइ छ ।
कसैको एकै कटाक्षले
घायल भएको हृदयको संवेग छ ।

हटाऊ यार
तपसिलका कुराहरु
दुखै दुःखका
विदारक व्यथाहरु ।

आफूलाई अहिले
यतिबेला
सेलाएको चियाकै दुःख ठूलो छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *