कृष्णभूषण बल
जन्म- बि.सं. २००४ चैत्र ०१ गते
जन्मस्थान- रवि, इलाम
माता- शारदा घिसिङ्
पिता- हेमबल तामाङ्
श्रीमती- शोभा लामा
न्वारनको नाम- टीकाराम तामाङ्
देहावसान- बि.सं. २०६९ असार ११ गते, न्यूरो अस्पताल, बिराटनगर
प्रमुख कृतिहरु
- दाज्यू तिम्रो हात चाहिन्छ, खण्डकाव्य (२०३३)
- भोलि बास्ने बिहान, फुटकर कविता सङ्ग्रह (२०४१)
- कृष्णभूषण बलको बाँकी रचना, कविता तथा निबन्ध सङ्ग्रह (२०७०)
पुरस्कार तथा सम्मानहरु
- राष्ट्रिय कविता महोत्सव, २०४०
- प्रतिभा पुरस्कार, विराटनगर, २०४०
- राष्ट्रिय कविता महोत्सव, २०४१
- सम्मानपत्र नवरंग साहित्य प्रतिष्ठान धरमपुर, झापा, २०५२
- राष्ट्रिय प्रतिभा पुरस्कार, २०५७
- डा. स्वामी प्रपन्नचार्य चतुर्भुज पुरस्कार, २०५७
- अभिनन्दनपत्र नेपाल तामाड० घेदुड०, पूर्वान्चल क्षेत्रीय समन्वय समिति, धरान, २०६०
- कदरपत्र साहित्य कला संगम, दमक २०६०
- सम्मानपत्र शिरोमणि पुस्तकालय परिवार, विराटनगर, २०६०
- सम्पानपत्र शिरोमणि पुस्तकालय परिवार, विराटनगर, २०६०
- सम्मानपत्र रविबासीका तर्फबाट, २०६०
- यूरोशिया रेयूकाई, सम्मानपत्र, २०६२
- मधुरिमा नेपाल सम्मानपत्र, २०६२
- चेतना प्रतिभा एन्यन तथा संरक्षण प्रतिष्ठान नेपाल सम्मान, २०६३
- बसुन्धरा मानश्री पुरस्कार सहित सम्मान, २०६३
- किरांत विद्यार्थी सङ्घ, नेपाल आदिवासी जनजाति महासङ्घ र लिम्बु विद्यार्थी मंच, झापा अभिनन्दन, २०६५
- बाशु शशि स्मृति सम्मान, २०६५
- अभिनन्दन, विराट बौद्ध समाज, २०६६
- सम्मान, त्रिपला राष्ट्रिय पुस्तकालय, २०६६
- सरस्वती सम्मान, लुनकरण गङ्गादेवी साहित्य कला मन्दिर, २०६६
- अभिनन्दन नेपाल तामाड० घेदुंग, उर्लाबारी, २०६६
- अभिनन्दन देवकोटा पुस्तकालय, विराटनगर, २०६६
आबद्धता – नेपाल राष्ट्र बैंकमा जागिरे जीवन
वाल्यकाल- (कविता)
सम्झनाका रेशमी पर्दाहरु हल्लिरहेछन्
अहिले मेरो आँखाको झ्यालमा ।
पर्दाको प्रत्येक सप्कामा
एउटा इन्द्रेणी देखापर्दै हराउँछ ।
आँखाको प्रत्येक झप्कोमा
एउटा गुलाफ फक्रँदै ओइलाउँछ ।
कति कमला अतीतहरु
जहाँका इच्छाहरु पहाडभन्दा अग्ला थिए ।
कति सुकुमार बितेका दिनहरु
जहाँबाट मैले यत्रो यात्रा थालेको थिएँ ।
अँगालोबाट फुत्काउन मनै नलाग्ने
प्रेयसीजस्तै ती नफर्किने दिनहरु ।
प्रत्येक बिहानीले
हिमाललाई चुम्बन गरेजस्तै
सम्झना मात्र बाँकी छाड्ने
ती उत्सवहरु ।
परेलीको बारले छेक्नै नसकेर
पल्टेका थोपाजस्तै
ती विगतहरु ।
सुन्दर सपनाको फूलबारीजस्तै
विपनामा फेरि सादृश्य हुँदैनन् ।
सत्य भएर पनि
बालुवाको घरजस्तै लाग्ने
विपनामा कुनै घर हुँदैन ।
वर्तमानमा मात्र थाहा लाग्दोरहेछ
आफूबाट चिप्लिएका समयहरु
हत्केलाबाट फुत्केपछि
समय पनि साँढे हुँदोरहेछ
छाडेर केवल सम्झनाहरु…