सौगातको- ‘तारिख’

प्रेमको अदालतमा-
धोकाको मुद्दा चलिरहेछ
यो मस्तिष्कको इजलासमा,
उनका यादहरु
प्रतिवादी बनेर उभिइरहेका छन् ।

अचेल,
सोचाइको कठघरामा कैद छ
आफ्‍नै जिन्दगी
यसकारण धाउन बाध्य भएको छु,
एक्लोपनको तारिख
उनकै नामरुपी
तारिख पर्चा बोकेर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *