मोतिराम भट्टको गज़ल

फाहा घसेर बादरा हज्जार लगाये,
बिन्ती छ बिन्ति सुन्दरी मिस्सी न लगाये ।।

ठट्टा गर्यौ त बेस् गर्यौ हुन्छ सहन्छु,
मैले पनी गरेँ भने तिम्ले न रिसाये ।।

बाजा बजाउ सुन्दछु एक्मन् दिई हरी,
मोती भनेर कोइ् गजल् गीत न गाये ।।