भाषा थिएन
तर संवाद थियो।
शब्द थिएन
तर थियो पुरा वाक्य।
एउटा मुक संवाद
एउटा मौन भाषा
जुन
चियाको कपबाट निस्किन्थ्यो
अनि मुस्कानबाट सुरु हुन्थ्यो।
हरेक दिन उही ठेला
हरेक बिहान उही चिया।
हरेक बिहान-
यसरी अनेक अपरिचितहरु
चियाको चुस्किबाट निस्किएर परिचित बन्ने गर्थे।