गाउँ

मूलढोकामै
टाँगिएको हुन्थ्यो
अकबरेको ला~मो माला।

दलिनमा झुण्डिएको हुन्थ्यो
सुकेर चिम्रिँदै गएको
कागतीको डल्लो।

बार्दली,बरन्डा र कौसीहरुमा
लहरै हुन्थे मकैका झुत्ताहरु।

कुनै बेला सबै हुन्थ्यो
र गाउँ हुन्थ्यो।
कुनै बेला गाउँ हुन्थ्यो
र सबै हुन्थ्यो।

कुनै बेला-
जीवन जीवन हुनेगर्थ्यो।

1 Comment

  • Jen narayan tharu , February 5, 2024

    Namaste sweet moment thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *