प्रिये !
आज बिदाको दिन हो
के मलाई हेरिदिन्नौ?
ती सागर नयनहरुले
जसका प्रदर्शन पहिल्याइ
मलाई जीवनको किनारा पुग्नु छ।
प्रिये !
आज आत्मसमर्पणको दिन हो के!
मलाई पहिराइदिन्नौ?
अश्रुबूँदहरूको माला-
जसको पत्र-पत्रको सुगन्धमा
आफैँलाई समावेश गर्नुछ ।
प्रिये !
आज मैले जीवन बिसर्जन गरेँ
के मलाई समात्न दिन्नौ?
सम्झनाको त्यो झिनो धागो
जसमा झुण्डिदै झुण्डिदै
मैले अन्तिम श्वास निभाउनु छ ।
प्रिये !
आज विदाको दिन हो ।