हिँड्नैपर्छ

हिँड्नैपर्छ
बाटो काट्न,समय काट्न
र जिन्दगी कटाउन-
हिँड्नैपर्छ।

हिँडेरै पुगिन्छ
फूलको बगैँचा
र टिपिन्छ फूल।
हिँडेरै भेटिन्छ
मायालुको साथ
र फुट्छ प्रेमको मूल।

हिँडेरै चढिन्छ पहाड
र टेकिन्छ चुलीमा।
हिँडेरै तरिन्छ खोला
र पुगिन्छ अर्को किनारा।

जीवन त फगत यात्रा न हो-
हिँड्नैपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *