जवाफ

सोध-
दुईमा दुई जोडे पाँच हुन्छ
आकाशको रङ्ग रातो छ
हिमाल तातो छ
ईश्वरभन्दा माथी तिमी नै छौ।

सोध-
तिम्रा हर प्रश्नको जवाफ
म तिम्रै निर्देशनमा दिनेछु।
सोध-
अहिलेलाई सोध!

तर याद राख!
कुनैदिन
एकदिन मेरो ठाउँमा कोही आउनेछ
र तिमीलाई सोध्न थाल्नेछ!
त्यो दिन
उसलाई दिन तिमीसँग जवाफ हुनेछैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *