कुर्न सक्नुपर्छ त्यसैगरी…

भेट्न सक्नुपर्छ त्यसरी जसरी मिल्छन् दुई नदी र बग्छन् एकाकार भएर- समुद्रसम्मै । छुट्न सक्नुपर्छ त्यसरी जसरी गहिरो चुम्बनपछि पनि छोड्छ भमरा- फूलको न्यानोपन । प्रेम, घृणा, मिलन, बिछोड… प्रिय! संसारको ऋत सम्झनु । कुर्न सक्नुपर्छ त्यसैगरी जसरी मृत्युले कुर्छ मान्छेको आयु एउटा जीवनभर । @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 […]

प्रेमको प्रत्यञ्चा

लङ्काको रावणलाई जित्न नसकुँला म तर मनको रावण जित्नेछु। सुम्पेर सबैथोक तिमीलाई सजाइदिनेछु अशोकवाटिका। पर्खुँला, तड्पुँला, रोउँला, विलाप गरुँला। तिम्रो प्रतिक्षामा एक एक पल निमेष निमेष जलुँला र जिउँला राम जस्तै। मेरी सीता मैले प्रत्यञ्चा चढाइसकेँ के तिमी मलाई वरण गर्न तयार छौ? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

दुईटा जीवन

एउटा जीवन रोइरहेँछु एउटा जीवन हाँसिरहेँछु । एउटामा छु अतिव्ययी एउटामा म साँचिरहेँछु । एउटामा म चुपचाप छु एउटामा म नाचिरहेँछु । एउटामा म विभक्त छु एउटामा म गाँसिरहेछु । एउटा लाग्छ सधैँ शाश्वत एउटामा म नासिरहेँछु । एउटामा छु उभिएको एउटामा म भासिरहेछु । यसरी म, एकसाथ दुईटा जीवन बाँचिरहेँछु । @ विस्मय ! […]

स्मृति

संसारमा के याद रहँदैन र? प्रेम याद रहन्छ घृणा याद रहन्छ। मिठो बोली या त कर्कश गाली हेराईको कटाक्ष या त प्रेमको आह्वान। संसारमा सबैकुरा याद रहन्छ सबैथोक- स्मृतिमा कतै थिग्रिएर लुकेको हुन्छ~बसेको हुन्छ। याद रहन्छ इतिहास वर्षौँपछि वर्तमानमा। जसरी याद रहन्छ वर्तमान भविष्यमा गएर। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 […]

फरक पर्छ र?

फरक पर्छ र? हामी भेटिनु भेटिएर नजिक हुनु नजिक हुँदै साथ हुनु साथ निभाउँदै वर्षौँ बिताउनु अनि हावाको पातलो झोँकाले भर्भराउँदो दियो झ्याप्पै निभाएझैँ धिप्धिपाउँदै निभ्नु- कुनै पुरानो सम्बन्ध! फरक पर्छ र? फरक पर्छ~ भेट्नु र छुट्नु मात्र जीवनको नियती होइन यदि भने धेरै फरक पर्छ। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin […]

प्रस्ताव

अरुजस्तो हुनु~ अरुकै हुनु! मलाई म मैजस्तै मन पर्छ। जस्तो- मलाई तिमी तिमीजस्तै मन पर्छ। आफू- आफू भएर बाँच्न जति सुन्दर के होला र संसारमा? विचार गर त! हिमाल-हिमाल भएरै सुन्दर छ नदी-नदी भएरै बगिरहन्छ.. प्रिय~ तिमी- तिमी हुनु म- मै रहुँला। के तिमी मभित्रको ‘म’लाई स्विकार्छौ? @ विस्मय ! 0 Facebook 0 Twitter 0 […]

रङ्ग

ढोकाबाट ढोकाभित्रै हेरे देखिन्छ- भित्ताको पर्खाल कोठाको चौकोस झ्याल र काठका फर्निचरहरु । जसरी आफूबाट आफैँतिर मात्र फर्किए केवल देखिन्छ आफैँभित्रको आफू र मनभित्रका असरल्ल विचारहरु । रङ्ग भर्न त रङ्ग चाहिन्छ जसरी मन भर्न चाहिन्छ अर्को मन जसरी पानीमा पानी मिलाउँदैमा बदलिन्न पानीको रङ्ग । @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin […]

तिम्रो मुहार बोलिरा’छ

मलाई था’छ! तिम्रो मुहार बोलिरा’छ। व्यथित छ मन अनि छ मनको ऊहापोह। सुस्केरा र खल्बलीको आरोह र अवरोह। मनमा छ- जति जे छ! आँखाबाटै खुलिरा’छ। सबै था’छ! तिम्रो मुहार बोलिरा’छ। मलाई था’छ, के भा’छ! पिरैपिर छ- दुखिरा’छ। मुस्कुराउँछौ, ठिक छ भन्छौ तर था’छ! तिम्रो मुहार बोलिरा’छ। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin […]

बदलाव जरुरी’थ्यो- गजल

एकैनास हुन्न सधैँ, बदलाव जरुरी’थ्यो कोही यसै बदलिँदैन, दबाव जरुरी’थ्यो । कारोबार थ्यो पुरानो, रफादफा बाँकी नै थ्यो बहीखाता मिलाउनथ्यो, हिसाब जरुरी’थ्यो । जिन्दगी हो बगिराख्छ, एकै लय एकै गति, बगिराख्नु नियति थ्यो, बहाव जरुरी’थ्यो । जीवन चल्न- राजनीति झैँ, आउनेहरु जान्छन् पनि, मनको सत्ता बदल्नलाई, चुनाव जरुरी’थ्यो । @ विस्मय ! 0 Facebook 0 […]

अनि तिम्लाई सम्झिन्छु

झरी पर्छ अनि तिम्लाई सम्झिन्छु आँशु झर्छ अनि तिम्लाई सम्झिन्छु । मनै न हो भक्कानिन्छ रुन्छ अनि छट्पटिन्छ  आत्मै मर्छ अनि तिम्लाई सम्झिन्छु । न भुल्छु, न सम्झिन्छु न यादमै अल्मलिन्छु याद नै टर्छ अनि तिम्लाई सम्झिन्छु । सम्झनाका तरेली छन् बाँधिएका परेली छन्  गाँठो पर्छ अनि तिम्लाई सम्झिन्छु । श्वास चल्छ, मुटु चल्छ चल्छ […]