विजय मल्लको कथा- कालो चस्मा

सिमसिमे पानी परिरहेको छ । मैले स्वास्नीलाई आज राति घर फर्कन्नँ भनेर साँझपखै बाहिर निस्केको थिएँ । तर निशि्चत समयभन्दा अगाडि नै काम सिद्धियो । म रातको दुई बजेतिर घर फर्केँ । मलाई थाहा थियो, घरको सामुन्नेको ढोका बन्द रहन्छ । त्यसैको पछाडिको ढोका, जो कहिलेकाहीँ बिर्सिएर खुलै रहन्छ या खुला नरहेको खण्डमा जोडले हल्लायो […]

समय

समय त त्यतिबेला पनि थिएन तर उबारेको थिएँ एक घाम मध्यान्ह तिम्रो लागि । घाम डुब्यो- समय सकियो अब त मुस्किलले सास फेर्ने फुर्सद छ यहाँ । बसिबियाँलो थकाइ मार्ने समय नै कहाँ छ र ? हजार याचनाहरु छन् एक ठेली पुस्तकभित्र पनि नसमेटिने तिमीलाई एक शब्दमा बताउन मसँग समय छैन । @ विस्मय ! […]

जीवन- एक रङ्गमञ्च

स्थान-धर्तिका कुनै अमुक क्षेत्र समय-एउटा जीवन बराबर पात्र-म पात्र र अन्य सहायकहरु पर्दा खुल्छ: दृश्य १- म पात्र जन्मन्छ दृश्य २-.. दृश्य ३-.. … … अन्तिम दृश्य- म पात्र मर्छ र बिस्तारै पर्दा खस्छ… जीवन- एउटा कथा एउटा नाटक र अनेक भूमिकाहरु। यसरी नै नाटक चलिरहन्छ… @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin […]

यात्रा बाँकी नै छ

धेरै भेटेँ बाटोमा थरिथरिका, परिपरिका। केही मजस्तै यात्री थिए- यात्राभरी साथ दिए र छट्टिए। केही व्यापारी थिए- कारोबार गरे बिदा भए। केहीले रिस देखाए केहीले प्रेम दिए। केहीले बाटो देखाए केहीले भड्काए। साँची- जानु कता थियो? खोजी कसको थियो? आफैँलाई एकबार सोध्नुछ र खोज्नुछ… @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger […]

कैवल्य

चाहन्छु- तिमीसँगको ‘योग’। थोरै भक्ति मिसिएको थोरै उपासना घोलिएको। चाहन्छु- तिम्रो प्रेममा सर्लक्कै हराउन जसरी बिलाउँछ मुक्त आत्मा कतै कुनै निराकार ब्रह्ममा। चाहन्छु- मेटाएर सारा द्वेत/अद्वैतका भावहरु पहिल्याउन मन छ कैवल्यको बाटो मुक्त हुन। प्रिय~ मलाई प्रेममा निर्वाण हुनुछ। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

जुन फूल मैले चाहेको थिएँ

सोचेको थिएँ- समय थियो था’नपाई बितेछ। लागेको थियो- बाँकी छ यात्रा गाडी नै छुटेछ। प्रतिक्षा थियो, पर्खाई थियो कसको थ्यो था’छैन। हैरानी थियो, छट्पटी थियो के को हो था’छैन। जुन प्रेम मैले चाहेको थिएँ मनभित्रै छिपेछ। जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

जीवन- एक सम्झौता

कहिलै केही नमागी ईश्वरलाई चढाएका छौ फूल? कुनै वाचा नबाँधी दिएका छौ निश्वार्थ प्रेम? हात थापेर माग्न आएकाहरुलाई के बोलेर थमाएको छौ पित्तलको ढ्याक? धेरै कुरा विचित्र छ। बुझ न~ संसार जसरी चल्छ सम्झौतामा चल्छ करारनामाले लघारिन्छन् सम्बन्धहरु! जीवन पनि एउटा सम्झौता होइन र? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger […]

झेल्न सक्नुपर्छ

झेल्न सक्नुपर्छ नीरव कराल रात्री बिहान उदाउन। झेल्न सक्नुपर्छ कठोर कठीन यात्रा शिखर चुम्न। झेल्न सक्नुपर्छ रिस घुर्की र घृणाहरु पनि प्रेम पाउन। झेल्न सक्नुपर्छ पट्यारलाग्दो प्रतिक्षा कसैको हुन। झेल्न सक्नुपर्छ अनेक माघ, हिउँद र शिशिर वसन्तमा रमाउन। झेल्न सक्नुपर्छ… @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

माटोको स्वाद

नदेखाउनु मलाई तिम्रो रङ्गीन दुनियाँका तिलस्मी सपनाहरु । सपना देख्न निदाउने फुर्सद छैन मलाई । नसुनाउनु मलाई विजेताका गौरवशाली युद्धकथाहरु एउटा सिङ्गै जीवनसमरको रक्तिम कहानी मसँग पनि छ । नभन्नु मलाई संघर्षको स्वाद कस्तो हुन्छ भनेर ! म माटो चाखेर आएको छु । @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

म तिम्रै कुरा गरिरहेको हुनेछु

मैले रुखको कुरा गरेँ भने सम्झिनु म चराको कुरा गरिरहेको हुनेछु । मैले चराको कुरा गरेँ भने सम्झिनु मैले आकाशको कुरा गरिरहेको हुनेछु । मैले आकाशको कुरा गरेँ भने सम्झिनु मैले वादलको कुरा गरिरहेको हुनेछु । मैले वादलको कुरा गरेँ भने सम्झिनु मैले झरीको कुरा गरिरहेको हुनेछु । मैले झरीको कुरा गरेँ भने सम्झिनु मैले […]