गजल- रात बाँकि’थ्यो
तिमी गयौ अझै केही बात बाँकि’थ्यो छोडिएको अलपत्र रात बाँकि’थ्यो । स्पर्श त्यो मदमस्त रौनकता त्यो उत्ताउलो स्नेहले सुम्सुम्याउने हात बाँकि’थ्यो । झरेजस्तै शून्यतामा पातजस्तै पलापला थुम्थुम्याउने काँधमाथि साथ बाँकि’थ्यो । मुटुभरि अँटेसमटेस भरिएथे चाहहरु आउन बाँकी एउटा कुनै प्रभात बाँकि’थ्यो । पग्लिएको मुटु थियो बर्सिनलाई ठिक्क थियो मन खोलेर तप्किदिन वर्षात बाँकि’थ्यो । तिमी […]