मर्यादा

तिखो काँडाको पनि एउटा मर्यादा हुन्छ- नछोइ घोच्दैन । आगोको पनि एउटा मर्यादा हुन्छ- नसल्काइ जलाउँदैन । मर्यादा हुन्छ, प्रेमको र घृणाको देश, काल समय र परिस्थिती हुन्छ। कारक हुन्छ र हुन्छ केही न केही कारणहरु । भन त! अकारण मलाई घृणा गर्न तिमीलाई कुन मर्यादाले दियो ? मैले त केवल प्रेम फिर्ता मागेको थिएँ […]

याद अनौठो थ्यो

त्यो दिन, त्यो पल, त्यो साथ अनौठो थ्यो, त्यो भेट, त्यो क्षण, त्यो याद अनौठो थ्यो । त्यो हाँसो, त्यो खित्का, त्यो लठ्याउने मादकता, त्यो आँखा, त्यो ओठ, त्यो बात अनौठो थ्यो । त्यो छुवाई, त्यो लठ्याई, त्यो मात्तिएको उन्मुक्तता, त्यो चुम्बन, त्यो कम्पन, त्यो आघात अनौठो थ्यो । @ विस्मय ! 0 Facebook 0 […]

भर्खरै तिमी थियौ?

छुस्स आउँछ र हराउँछ तिम्रो याद । झिलिक्क बिजुली चम्किएर रातको नीरवतामा बिलाएजस्तै । छाम्न खोज्छु- तिम्रै सामिप्यताको ढुकढुकी बतासिएर आएको तिम्रै सुगन्धको मिठो महक, महसुस गर्न खोज्छु । हजारौँ विचारहरुको बेहरी चल्छ मनमा.. मगजमा.. आउँछ, सताउँछ लुक्छ र हराउँछ । भन न, भर्खरै तिमी यतै थियौँ ? @ विस्मय ! 0 Facebook 0 Twitter […]

विभाजन

आकाशको यात्रा गर्दागर्दै कहिलेकाहीँ फर्कनुपर्छ जमीनमा । फैलिन्छु भन्दाभन्दै कहिलेकाहीँ जम्नुपर्छ चट्टान बनेर । समय छ भन्छु- समय छ तर घरी यहाँ हुन्छु घरी कहाँ हुन्छु मनको झन् के ठेगान छ र ? जसरी एक ढिक्का बनेर बाँच्न खोज्छु र फैलिन्छु हजारौँमा । जसरी यतिबेला म कतै अन्यत्र पनि छु । @ विस्मय ! 0 […]

हरिभक्त कटुवालको कविता- कतै आउला कि कुनै यस्तो दिन

हिजो एक मित्रकहाँ गएको थिएँ, एउटा पोको कोठाको कुनामा, दलिनमा झुण्डिरहेको थियो ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि मलाई लाग्यो- म पनि झुण्ड्याइदिउँ एउटा ठूलो पोको पारेर व्यर्थै मलाई चिमोटिरहने यी सपनाहरूलाई, कतै आउला कि कुनै यस्तो दिन, जब, फुलाएर तिनै सपना आँखाहरूका फूलबारीमा हाम्रा छोरा-छोरी र […]

बगरको कथा

बगरै बगर हिँडेथ्यो ऊ खोला तर्न । खोला तर्‍यो अनि बगरमै हरायो । उसले त उक्लनुथियो पहाड र पुग्नुथियो कतै शिखरमा तर मिसियो अरु हजारौँ बगरेहरुकै भिडमा र बिर्सियो पहाड बाटो यात्रा आफू… कथा कति होलान् हकि बगरमा हराएकाहरुको ! कति कति व्यथाहरु सुन्छौ साथी ! केही कथा त मसँग पनि छन् । @ विस्मय […]

प्रेमको परिभाषा

प्रेम लेख्न सकिन्न तर पढ्न सकिन्छ- आँखामा, ओठमा आँशुमा, मुस्कानमा.. प्रेम बोलेर मात्रै पुग्दैन महसुस गर्नुपर्छ- हावामा, मनमा श्वासमा, धड्कनमा… मेरो संसारको पल्लो कुनामा बसेकी ए मेरो साथी- मेरो प्रेम बुझ्नुछ भने मेरो नजिकै आऊ आँखामा हेर गहिराइ खोज र श्वासको गति सुन्दै छातीमा निदाऊ । तिमीले आफैँ बुझ्नेछौ त्यसपछि प्रेमको परिभाषा । @ विस्मय […]

केवल एउटा मन थियो

केवल एउटा मन थियो- स्वामित्वको लडाईँ थियो । टुक्रिने या समेटिने ! अस्तित्वको लडाईँ थियो । फरक सोच र व्यवहार थियो फरक भूगोल- आधार थियो । फरक थियो धेरै कुरा अलग थियो पुरा पुरा । पीडा माथि रुवाइ थियो  सुख्खा निरस छुवाइ थियो । मन बरा! एउटा थियो- अस्तित्वको लडाईँ थियो । @ विस्मय ! […]

आफ्नै लयमा

कतिपटक सम्झिएर रोएँ हुँला बितेको कुनै पललाई ! कतिपटक मनैदेखि पग्लिएँ हुँला अतीतका आँशुहरुमा ! कतिपटक मन खोलेर धिक्कारेँ हुँला आफ्नै निधारमा थुप्रिएका कर्महरुलाई ! जीवन ? एक लयमा बगरहेछ आखिर, बगिरह्यो… बितिरह्यो… आफ्नै रफ्तारमा आफ्नै लयमा जसरी बहिरहन्छ बतास बगिरहन्छ नदी चलिरन्छ सृष्टि आफ्नै धुनमा आफ्नै लयमा… @ विस्मय ! 0 Facebook 0 Twitter […]

प्रेमको वर्ग

कसैलाई प्रेम- जीवनको हिस्सा लाग्छ कसैलाई प्रेम- प‍ूरा जिन्दगी म दोस्रो वर्गमा पर्छु… @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp