केवल एउटा मन थियो-
स्वामित्वको लडाईँ थियो ।
टुक्रिने या समेटिने !
अस्तित्वको लडाईँ थियो ।
फरक सोच र व्यवहार थियो
फरक भूगोल- आधार थियो ।
फरक थियो धेरै कुरा
अलग थियो पुरा पुरा ।
पीडा माथि रुवाइ थियो
सुख्खा निरस छुवाइ थियो ।
मन बरा! एउटा थियो-
अस्तित्वको लडाईँ थियो ।