याद अनौठो थ्यो

त्यो दिन, त्यो पल, त्यो साथ अनौठो थ्यो,
त्यो भेट, त्यो क्षण, त्यो याद अनौठो थ्यो ।

त्यो हाँसो, त्यो खित्का, त्यो लठ्याउने मादकता,
त्यो आँखा, त्यो ओठ, त्यो बात अनौठो थ्यो ।

त्यो छुवाई, त्यो लठ्याई, त्यो मात्तिएको उन्मुक्तता,
त्यो चुम्बन, त्यो कम्पन, त्यो आघात अनौठो थ्यो ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *